२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


तानसेन-तम्घास सडकखण्ड दैनिक ६ घण्टा बन्द


39
Shares

काठमाडौं । पाल्पाको तानसेन-तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ ।

सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा बनाउने काम गरिरहेकाले पुस २२ गतेसम्म सडक बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म गाडी आवत जावतमा रोक लगाइएको हो ।

पुस १२ देखि २२ गतेसम्मका लागि दैनिक ६ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताउनुभयो । पाल्पाको हार्थोक-रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक बन्द हुँदै आएको थियो ।