
काठमाडौं । प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बैठकले सन् २०२२ मा हुने च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । तर, च्याम्पियनसिपको मिति भने तोकिएको छैन ।
यसैगरी, बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
नेपालले यसअघि सन् २०१९ मा पाँचौ संस्करणको एभिसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप सफलतापुर्वक आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्