Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


विपन्नका लागि मिनी पीसीएनएल विधिवाट सरकारी दरमै मिर्गाैलाको पत्थरीको अपरेशन


390
Shares

ललितपुर । ललितपुरको कुपन्डोल स्थित खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले विपन्न नागरिकका लागि सरकारी दरमा नै मिनी पीसीएनएल विधिवाट मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने जनाएको छ ।

इन्स्टिच्युटले ठूलो चिरफारबिनै मूत्र प्रणाली र मिर्र्गाैलाको पत्थरीको उपचार गरिने जनाएको छ । इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ इण्डोयुरोलोजिस्ट डा. सञ्जय खड्गीले आरुस अस्पतालसँगको सहकार्यमा प्रत्येक दिन ४ जना विपन्न नागरिकका लागि सरकारी अस्पतालमा लिइने शुल्कमै मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिने जानकारी दिनुभयो ।

डा. खड्गी नेपालमा मिर्गौलाको पत्थरीको बिना चिरफार शल्यक्रिया गर्ने अत्याधुनिक प्रविधि मिनी पीसीएनएल भित्राउने पहिलो चिकित्सक हुनुहुन्छ । यो प्रविधिबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिसकेको डा.खड्गीले बताउनुभयो ।इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिसहित सुरु गरिएको अन्तर्राष्ट्रियस्तरको मोडुलर अपरेसन थियटरमा सबैको पहुँच पुग्न सकोस भनेर नै शुलभ दरमा उच्चस्तरीय सेवा दिन खोजिएको खड्गीको भनाई छ ।

आफू बसेको वडा कार्यालयबाट विपन्नताको सिफारिसपत्र लिएर आउनेलाई आफूहरुले त्यसकै आधारमा सेवा दिने पनि खड्गीले बताउनुभयो । विरामीको आर्थिक अवस्था हेरेर सरकारी दरमा पनि शल्यक्रिया गर्न नसक्नेलाई आफूहरुले निःशुल्क शल्यक्रिया गर्ने पनि उहाँले बताउनुभयो । डा. खड्गीले नेपालमा मिनी पीसीएनएल विधिवाट मुत्र प्रणाली र मिर्गाैलाको पत्थरीको उपचार हुँदा मिर्गाैलाको पत्थरीको उपचारका नेपालीले लागि विदेश धाउनु नपर्ने पनि बताउनुभयो ।उहाँलाई धेरै देशहरुले लाइभ सर्जरी गर्न बोलाउने समेत गरेका छन् ।