
काठमाडौं । ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी क्लब र संकटा बीचको खेल हुनेछ ।
आज दिउँसो ३ बजे एन्फा मैदानमा दुईबीचको खेल हुन लागेको हो । मनाङ्ग मस्र्याङ्दी क्लब एक खेल कम खेल्दै १६ अंकका साथ तेस्रो स्थानमा छ ।
यसअघि हिजो जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
एन्फा मैदानमा भएको खेलमा आर्मीले जावलाखेललाई १–० ले हरायो । आर्मीका लागि भरत खवासले ७५ औं मिनेटमा निर्णायक गोल गरे ।
हिजै भएको अर्को खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पालाई ४–३ ले हराएको छ । जारी लिगमा सरस्वतीको यो पहिलो जित हो ।
हिजोका खेलहरुपछि ए डिभिजन लिग फटबलको अंक तालिकामा ९ खेलबाट आर्मीले २० अंक जोडेको छ । १९ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्