१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इजरायलका प्रधानमन्त्री नफ्ताली संयुक्त अरब इमिरेट्सको भ्रमणमा


0
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट आज संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा यएई जाँदै छन् । इजरायलबाट युएइका लागि हुन लागेको यो पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उनले आजै अबदाबीमा युएइका राजकुमार शेख माहेमद बिन जाएदसँग भेटघाट गर्नेछन् । भ्रमण अघि प्रधानमन्त्री बेनेटले युएइसँग इजरायलले आर्थिक र व्यापारिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने जानकारी दिए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र युएइबीच सम्बन्ध प्रगाढ बनेकोमा अमेरिकी पहलमा इजरायलले बहराइन, सुडान र मोरक्कोसँग पनि सम्बन्ध बिस्तार जारी राखेको छ ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यकालमा इजरायलले मध्यपूर्व राष्ट्रहरुसँगको सम्बन्ध बिस्तारका थुप्रै प्रयासहरु भएका थिए ।