Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


म्याडोनाको हराएको घडी भारतमा भेटियो


442
Shares

काठमाडौं स् दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको हराएको घडी फेला परेको छ । म्याडोनाको हराएको घडी भारतको असाममा फेला परेको हो । करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो।

घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा उक्त घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिए।

अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको हो । दोषीमाथि कानुनी कारबाही गरिएको गर्ने शर्माले बताएका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे। कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा आसाम फर्किएका थिए । घडी हराएपछि दुबई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो। त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए।