पोखरा । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।
बिहीबार पक्राउ परेका गुरुङमाथि थप अनुसन्धानका लागि उच्च अदालत पोखराले सात दिनको म्याद थप गरेको हो ।
ओम गौरा जोस्टेलका संचालक हरिभक्त अचार्यको उजुरीमा आधारमा प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको थियो ।
उता, गुरुङलाई कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गे(राजीव गुरुङ)लाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।
झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले आज(आइतबार) उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
यसअघि कार्यालयले मनाङ्गेलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।








प्रतिक्रिया दिनुहोस्