
काठमाडौं, माघ १२ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठौं चरणको समाप्तीसम्म त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको छ ।
हिजोको खेलमा न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएपछि आर्मी क्लबले दोस्रो स्थानको मच्छिन्द्र क्लब र तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबसँग १ अंकको अग्रता लिएको छ ।
हिजै भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको छ । हिजोको बराबरीले आर्मीलाई तालिकामा तिन अंकको स्पष्ट अग्रता लिने अवसर भने गुमेको छ ।
आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ । मच्छिन्द्र र मनाङको १६–१६ अंक छ । चोथो स्थानको थ्रिस्टार क्लबको १४ अंक छ । ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेलहरु भोलिदेखि हुनेछन् ।
भोलि दिउसो १२ बजे दशरथ रंगशालामा पुलिस क्लबले एपीएफसँग खेल्दा दिउसो ३ बजे उपाधि दावेदारहरु मच्छिन्द्र क्लब र थ्रिस्टार क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्