७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


स्पेनिस ला–लिगामा बार्सिलोना पराजित


0
Shares

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनालाई भ्यालेन्सियाले २–० ले हराएको छ ।

गएराति भ्यालेन्सियाको मैदानमा भएको खेलमा पराजित भएसँगै बार्साले लिग तालिकामा रियाल मड्रिडसँग ३ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो ।

७७ औ मिनेटमा म्याक्सी गोमेजले एक गोल थप्दै घरेलु टोलीको जित पक्का गरे ।

घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनालाई सन् २००७ पछि पहिलो पटक हराएको हो । यो हारसँगै बार्सिलोनाको २० खेलबाट ४३ अंक भएको छ ।

भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ४३ अंकसहित दोस्रो स्थानमा रहेको रियाल मड्रिडले आज राति रियाल भालाडोलिडसँग खेल्नेछ ।