
काठमाडौं, माघ ११ । नेपाल क्योकुसिन कराँते डो संघ बज्रले शनिबार राजधानीमा ‘बज्र फाइट’ आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा आयोजित प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा थाइ बक्स सुकेधाराकी डेनिका राई विजेता बनिन् ।
यसैगरी, पुरुष ५४ केजीमा केन्द्रीय डोजोका महेश भुजेल, ६१ केजीमा के कु कान कराँतेका भूपेन्द्र बिसी र ७५ केजीमा रेज फिटनेसका सन्तोष खत्रीले स्वर्णपदक जिते ।
यसैगरी, पुरुष ६८ केजीमा रेजका ज्ञानदीप मल्ल, नक्साल बक्सिङ क्लबका मौसम राना मगर र के कु कान कराँतेका सन्तोष कालीराज विजेता बने ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल तथा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्