
काठमाडौं, माघ ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
आर्मी ०–० एनआरटी
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी)सित गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमायो ।
रातो कार्ड
खेलको अन्तिम ‘इन्जुरी’ समयमा एनआरटीका जुनियर ओनगुइने निकेनगु दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएका थिए ।
‘म्यान अफ दी म्याच’
एनआरटीका अजित प्रजापति खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
आर्मीको १७ अंक
८ खेलबाट १७ अंक जोड्दै आर्मी शीर्ष स्थानमा यथावत् रहेको छ । समान खेलबाट १२ अंक जोडेको एनआरटी पाँचौं स्थानमा छ ।
संकटा १–० फ्रेन्ड्स
शनिबारै भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई १–० ले हरायो ।
निर्णायक गोल
दशरथ रंगशालामै भएको खेलमा संकटालाई जिताउनेक्रममा ६४औं मिनेटमा अजयी मार्टिन्सले निर्णायक गोल गरे ।
म्यान अफ दी म्याच
संकटाका लक्ष्मण रुचालले म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ पाए ।
संकटा सातौं स्थानमा
जितसँगै ८ खेलबाट १२ अंक जोडेको संकटा सातौं स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स समान खेलबाट ८ अंकसहित ११औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्