७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


रोजर फेडेरर अष्ट्रेलियन ओपनको चौंथो चरणमा प्रवेश


0
Shares

काठमाडौं । स्विस टेनिस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपनको चौंथो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरणको खेलमा अष्ट्रेलियाका जोन मिलिमनलाई ३/२ को कठिन सेटमा हराउँदै फेडेरर चौथो चरणमा पुगेका हुन् ।

मेलबर्नमा भएको खेल जित्न फेडेररले पाँचौ सेटमा टाई ब्रेकरसम्म कुर्नुपर्‍यो । मिलिमनविरुद्धको खेल फेडेररले ४–६, ७–६, ६–४, ४–६ र ७–६ को सेटमा जिते ।

निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले जित निकाल्न ४ घण्टा ३ मिनेटको समय खर्चिए ।

यो जितसँगै ३८ वर्षे फेडेररले अष्ट्रेलियन ओपन टेनिसमा सयौं जित निकालेका छन् । फेडेररले अब चौथो चरणमा हंगेरीका मार्टीन फुच्सोभिससँग खेल्ने छन् ।

तेस्रो चरणका अन्य खेलहरुमा विजयी हुँदै सर्वियाका नोभाक जोकोभिच, क्रोएसियाका मारिन सिलिच, क्यानाडाका मिलोस राओनिक र अर्जेन्टीनाका डिएगो स्वार्जम्यान पनि चौथो चरणमा पुगेका छन् ।