७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


इंग्लीश प्रिमियर लिग – लिभरपुलले उल्भरह्याम्पटनलाई हरायो


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ ।

उल्भरह्याम्पटनको मैदानमा गएराति भएको खेलमा लिरभपुलका लागि रोबर्टो फर्मीनोले ८४ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि लिभरपुलका जोर्डन हेन्डर्सन र उल्भरह्याम्प्टनका राउल जिमिनेजले एक एक गोल गरेका थिए ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग १६ अंकको अग्रता लिएको छ । लिरभपुलले २३ खेलबाट ६७ अंक जोडेको छ ।

एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीको ५१ अंक छ । तेस्रो स्थानको लेष्टर सिटीको ४८ अंक छ भने ४० अंकको साथ चेल्सी चौथो स्थानमा रहेको छ ।