Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मच्छिन्द्रद्वारा पुलिस पराजित


0
Shares

काठमाडौं, माघ ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणका खेलहरु सुरु भएका छन् ।

मच्छिन्द्र १–० पुलिस

पहिलो खेलमा बुधबार लिगको उपाधि दावेदार मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र १–० ले विजयी भएको हो ।

निर्णायक गोल

खेलको ५३औं मिनेटमा रञ्जित धिमालले गोल गर्दैै मच्छिन्द्रलाई जिताएका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।

१६ अंक

गत सिजनको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेर यो सिजन एक अंक ऋण बोकेर लिग थालेको मच्छिन्द्रले यसपटक भने आफूलाई उपाधि दावेदारीमा राख्न सफल भएको छ ।

८ खेलबाट १६ अंक जोडेको मच्छिन्द्र गोल अन्तरका आधारमा त्रिभुवन आर्मी क्लबभन्दा पछाडि रहेर दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबको १३ अंक छ ।

न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र पुलिसको समान ११ अंक छ ।

बिहीबारका खेल

लिगअन्तर्गत् बिहीबार दुई खेल हुनेछन् । मध्याह्न १२ बजे हिमालयन शेर्पा क्लबले थ्रीस्टारसित तथा दिउँसो ३ बजे जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

जावलाखेल ९ अंकसहित आठौं, हिमालयन शेर्पा ७ अंकसहित ११औं तथा सशस्त्र ५ अंकसहित १३औं स्थानमा रहेको छ ।