काठमाडौं, माघ ८ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इंग्ल्यान्डको ‘सी’ टोलीसित मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
दुईओटा मैत्रीपूर्ण खेल
दुईओटा मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबल संघका राष्ट्रिय लिग प्रणाली प्रमुख लरेन्स जोन्सबीच बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पहिलो खेल मे २५ मा
‘होम एन्ड अवे’को आधारमा हुने पहिलो खेल आउँदो मे २५ तारिखमा इंग्ल्यान्डको अल्डरसट एफसीको मैदानमा हुनेछ ।
इंग्लिस टोली २०२१ मा नेपाल आउने
इंग्ल्यान्डको टोली भने सन् २०२१ मा अवे खेल खेल्न नेपाल आउने छ । मिति भने तय भइसकेको छैन ।
अनुभव बटुल्ने विश्वास
मैत्रीपूर्ण खेलको सम्झौता गर्न इंग्ल्यान्डबाट जोन्ससँगै एन्ड्रयु शा सोमबार नेपाल आएका थिए ।
युवा खेलाडी सम्मिलित इंग्लिस टोलीसित खेल्दा नेपाललेसमेत पनि धेरै अनुभव बटुल्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्