Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आजबाट आठौं चरणका खेल सुरु हुँदै : मच्छिन्द्र र पुलिस भिड्ने


0
Shares

काठमाडौं, माघ ८ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन् ।

आठौं चरणको पहिलो खेलमा आज लिगको उपाधि दाबेदार मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजनको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रले यो सिजन एक अंक ऋण बोकेर लिग सुरु गरेको थियो ।

उसले अहिलेसम्म ४ जित, २ बराबरी र १ हारको नतिजा बटुलेको छ । उता लिगमा ७ खेल खेलेको पुलिस क्लबको ११ अंक रहेको छ ।

पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजासहित तालिकाको छैटौ स्थानमा छ । ७ खेलबाट १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।