७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


सारापोभा पहिलो चरणबाटै ‘आउट’


0
Shares

काठमाडौं, माघ ७ । पूर्वविश्व नम्बर–१ मारिया सारापोभा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् ।

मंगलबार मेलबर्न पार्कमा भएको खेलमा क्रोएसियाका डोना भिकिचसित पराजित हुँदै सारापोभा प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

विश्व वरीयतामा १९औं स्थानकी डोनाले सारापोभालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् ।

सारापोभालाई हराएसँगै डोना अष्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेकी छन् ।

सारापोभाले सन् २००८ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।