Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


न्यायापालिकामा देखिएको समस्या सरोकारवाला निकायबाट समाधान हुन्छ : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं, मंसिर १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायले समाधान गर्ने बताउनुभएको छ ।

नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले न्यायपालिकामा देखिएको समस्या न्यायिक क्षेत्रको मात्र नभइ राज्यको प्रत्यक्ष सरोकारको विषय भएको उहाँको भनाई छ ।

न्यायपालिकाको विवादका कारण न्याय सम्पादनमा समस्या देखिएको भन्दै छिटो भन्दा छिटो समस्याको समाधान गर्नुपर्ने उहाँको भनाई छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुले महिना दिनयता आन्दोलन गरिरहेका छन् ।

उनीहरुले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, एमाले उपनेता सुवास नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका थिए ।