मोरङ । मिक्लाजुङ गाउँपालिकामा विप्लव समूहले स्काभेटरमा आगजनी गरेका छन् ।
मिक्लाजुङ १ को बाँसबिरे भन्ने ठाउँमा गएराति १० बजे तीन स्काभेटरमा विप्लव समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
किसानचोक-रमिते सडकखण्ड निर्माणकालागि प्रयोग गरिएका को १ क ३०३० नम्बरको स्काभेटर र अन्य दुई नम्बर नराखिएका क्याट ३२० र लिङ्कन ९२२ मोडलका स्काभेटरमा आगजनी गरिएको हो । सो सडकखण्ड प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको छ ।
आगजनी पश्चात तत्काल प्रहरी परिचालन गरी दोषीको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।








प्रतिक्रिया दिनुहोस्