Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


निस्कासित व्यक्तिहरूको गुटलाई एमालेले पार्टी मान्दैन– केपी ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निस्कासित व्यक्तिहरुको गुटलाई एमालेले पार्टी नमान्ने बताउनुभएको छ ।

मंगलबार पार्टीको दशौं महाधिवेशनपूर्व सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले निस्कासित व्यक्तिहरुलाई पार्टी नमानिने बताउनुभयो ।

‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निम्ता नपठाइने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई नडराउन पनि आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले केही दिन अघि चिवतनमा महाधिवेशन गरेर आफूलाई सिध्याउन खोजेको आरोप लगउनुभएको थियो ।