काठमाडौं, माघ ४ । पाँचौं संकरणको ‘आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप’को महिलातर्फ एपीएफले विजयी सुरुआत गरेको छ ।
एपीएफले शनिबार भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अंकले हरायो ।
आर्मी विजयी
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटमा हरायो । आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अंकले पराजित गरेको हो ।
विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । रासस





प्रतिक्रिया दिनुहोस्