२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


टेसिन खेलाडी पेङ प्रकरणले चीनमाथि दबाब


0
Shares

एजेन्सी । महिला टेनिस खेलाडी पेङ शुआई प्रकरणले चीनमाथि अन्तराष्ट्रिय दबाब बढ्दै गएको छ । चीनकी चर्चित टेनिस खेलाडी पेङ शुआईले गत नोभेम्बर २ तारिखमा सामाजिक संजाल वेबोमार्फत आफुलाई चीनका एक जना उच्च राजनीतिज्ञले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् ।

चीनका पूर्व भाइस प्रिमियर झाङ गाओलीमाथि दुर्व्यवहारको आरोप लगाएयता टेनिस खेलाडी पेङ सार्वजनिक रुपमा देखिएकी छैनन् । उनको सुरक्षा र वर्तमान अवस्था सार्वजनिक गर्न विश्वभरबाट दबाब बढीरहेको छ ।

महिला टेनिस एशोसिएसनका अध्यक्ष स्टिभ सिमोनले पेङको अवस्था सार्वजनिक नगरिएसम्म चीनसँग हुने सम्पूर्ण खेल गतिविधि रोक्ने घोषणा गरेका छन् । हालै पेङले एसोसिएसनलाई पठाएको भनिएको पत्रमा समेत उनको आशंका छ ।

यसैगरि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा हुने विन्टर ओलम्पिकमा कुटनीतिक बहीष्कार गर्ने चेतावनी दिएका छन् । चिनीयाँ खेलाडीको सुरक्षाको लागि यस्तो कदम चाल्ने बिकल्पमाथि पनि छलफल भइरहेको ह्वाइट हाउसले जनाएको छ ।