६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


दुर्गा प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति (अपडेट)


0
Shares

भक्तपुर, माघ २ । मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई पक्रन प्रहरीले अनुमति पाएको छ । यद्यपि, प्रहरीले बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गरिसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले प्रसाईंलाई पक्रन अनुमति दिएको हो ।

मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।

डा. गिरीले आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई पक्रन अनुमति दिएको हो ।

प्रहरी भक्तपुरस्थित प्रसाईं निवास पुगे पनि नभेटिएको जनाइएको छ ।

प्रसाईंले पनि डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पपत्रकार सम्मेलन गरेर बताएका थिए ।