Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल


0
Shares

डडेल्धुरा, कात्तिक २४ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म पाँच दलिय गठबन्धन रहने बताउनु भएको छ ।

पार्टी विभाजनपछि पहिलो पटक जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्न डडेल्धुरा पुग्नु भएका अध्यक्ष नेपालले आगामी निर्वाचन अहिलेकै पाँच दलिय गठबन्धनमै मिलेर लड्ने बताउनुभएको हो ।

केपी ओलीको मुट्ठिबाट उन्मुक्ति खोजेर संविधानको रक्षा गर्न आफुहरु बिद्रोहमा उत्रिएको बताउँदै एमाले पार्टी घर नभई जेल भएको आरोप लगाउनु भयो ।

देशमा समता मुलुक समाज स्थापना गर्ने उदेश्यले पाँच दलिय गठबन्धन भएको र यहि गठनतबन्धन सामाजिक न्याय दिने जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले डडेल्धुरामा आफ्नै कार्यकालमा बिमानस्थलको काम शुरु हुने भन्दै सुदुरपश्चिम प्रदेशमा रहेका अन्य विमानस्थलहरुको पनि स्तरोन्नतीका लागि तत्काल काम अगाढी बढाउँने बताउनुभयो ।

कार्यक्रममा पूर्व एमाले डडेलधुरा अध्यक्ष तथा संसदिय निर्वाचनका प्रत्यासी डा. तारा जोशी लगायतको समूह नेकपा (एकिकृत समाजवादी) मा समाहित भएको घोषणा गरेका छन ।