Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


प्रिन्स फाइनलमा पराजित


0
Shares

काठमाडौं, पुस २६ । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल १७ वर्षमुनिको ‘प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२०’ को फाइनलमा पराजित भएका छन् ।

शनिबार काठमाडौंमा भएको फाइनलमा पुरुष एकलतर्फ भारतका जुनियर नम्बर एक तथा विश्व जुनियर वरीयतामा तेस्रो स्थानमा रहेका मिरबा लुवाङले दुबई इन्टरनेसलन सिरिजका विजेता प्रिन्स दाहाललाई २१–१६, २१–२३, २१–१५ ले पराजित गर्दै उपाधि उचाले ।

मिरबा हालै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर इन्टरनेसनलकासमेत विजेता हुन्  ।

विश्व जुनियर वरीयताको १४औं स्थानमा रहेका प्रिन्सले भारतकै अभिन वशिष्ठलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।