६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


‘आइओएम’ले तोक्यो स्नातक तहका १२ शैक्षिक कार्यक्रमको शुल्क


0
Shares

काठमाडौं, पुस २५ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका १२ ओटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको छ ।

आइओएमले एमबीबीएस र बीडीएसमा भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क नै निर्धारण गरेको छ ।

एमबीबीएसमा उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, बीडीएसमा २० लाख १९ हजार ५८० निर्धारण गरिएको छ ।

बीपीएच, बीएस्सी, एमआइटी, मेडिकल ल्याब टेक्नोलोजिस्ट, बी फार्मेसी र एमआइटीमा भने सात लाख २५ हजार ८१८ रुपैयाँ तोकिएको छ ।

यस्तै, ब्याचलर इन आयुर्वेद मेडिसिन सर्जरीलाई १३ लाख ८८ हजार ८०० तोकिएको छ भने ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस)मा पाँच लाख २५ हजार र बीएस्सी नर्सिङमा सात लाख ८२ हजार शुल्क तोकिएको छ ।

आइओएमले यो शुल्क दुई वर्षका लागि तोकेको हो ।

सरकारले यो वर्षदेखि सबै सरकारी मेडिकल कलेजहरुमा ७५ प्रतिशत छात्रवृत्ति लागू गराएको छ ।

विद्यार्थीहरुको आन्दोलनका कारण यो वर्ष चिकित्सा क्षेत्रको सबै संकायको पठन–पाठन सुरु हुन सकेको छैन ।