२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एमालेको स्थायी कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं, कात्तिक ११ । नेकपा एमालेले शुक्रबार (आज) पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।

पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे समेत छलफल हुने बताइएको छ ।

बैठकमा मुख्यगरी वडा तथा पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने सचिव तामाङले बताउनुभयो ।