काठमाडौं । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।
सर्वसाधारणको घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीका पीडितहरुले बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेस्रो भएका व्यक्ति हुन् ।
यादव र तत्कालिन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेदवार सञ्जय रौनियारले ऋण दिँदा घर जग्गाको रजिस्ट्रेसन पास गर्ने गरेको उजुरी परेको थियो ।
सर्वसाधारणलाई एक लाख ऋण दिएर एक करोडको तमसुक बनाउने गरेको आरोप यादवमाथि लागेको छ ।
यादबबाट पीडितहरु बुधबार नै महान्यायाधिवक्ताको कार्यालयमा पनि उजुरी गरेका थिए ।
यादवले झण्डै दुईसय भन्दा बढी व्यक्तिलाई ऋण दिएर उनीहरुबाट चर्को ब्याज असुली गरेको खुलासा भएको छ ।
सर्लाहीका यादव र उनका सहयोगी सञ्जय साहले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सही छाप गर्न लगाएर अरबौ रुपैँया ठगी गरेको गुनासोसहित पीडित पक्षले बुधबार महान्यायाधिवक्ताको कार्यालयमा उजुरीका लागि पुगेका थिए ।
विभिन्न बहानामा जालझेल गरि करकापमा पार्दै जग्गा समेत खाइदिएको गुनासो पीडितको छ । ठगीएर आफुहरु घरबारविहीन भएको उनीहरुले गुनासो गरेका छन् ।
पीडित पक्षहरुको गुनासो सुन्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले आरोपीलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।
पीडित पक्ष महान्यायाधिवक्ताको कार्यालय पुग्नुअघि गृहमन्त्रालय, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेर न्यायका लागि आग्रह गरेका थिए ।
राजपा नेता रामबाबु यादवले चर्को ब्याज असुलेको भन्दै उजुरी








प्रतिक्रिया दिनुहोस्