Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


किशोरी हत्याको आरोपमा आमासहित चारजना पक्राउ


0
Shares

पर्सा, पुस २२ । किशोरी हत्याको आरोपमा प्रहरीले पर्सामा किशोरीकी आमासहित चारजनालाई पक्राउ गरेको छ ।

पर्साको पोखरिया नगरपालिका–९, शिवबर्वाकी १५ वर्षीया किशोरी पुनिताकुमारीको हत्या गरेको आरोपमा उनकी आमा ३० वर्षीया शिवकली देवी, सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र सोही नगरपालिका–८ का १९ वर्षीय सुबोध भनिने जितेन्द्र यादव पक्राउ परेका छन् ।

पुनिताका बुवा वीरेन्द्रदास तत्वा भने फरार रहेको प्रहरीले जनाएको छ ।

किशोरी तीन हप्तादेखि हराएको भन्दै उनको परिवारले प्रहरीलाई खबर गरेको थियो ।

विशेष सूचनाको आधारमा प्रहरीले सोमबार साँझ उनको घरभन्दा अन्दाजी दुई किलोमिटर उत्तर खोलानजिकैबाट पुनिताको शरीरका केही भाग फेलापारेको हो ।

शवलाई धेरै दिनअघि नै जलाएर गाडिएको र त्यसमा परिवारकै संलग्नता रहेको भन्दै चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।