Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कांग्रेसले गर्‍यो भैरहवामा चियापना कार्यक्रम


0
Shares

भैरहवा, कात्तिक ३ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत्लगायतका चाडपर्वको अवसरमा भैरहवास्थित पार्टीे कार्यालयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीका संस्थापक विपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यसवर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।