Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षीय महेन्द्र शाह पक्राउ


0
Shares

रौतहट, पुस १८ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।

गुजरा नगरपालिका ५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर हुनासाथ प्रहरी चौकी हरिनगराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।