११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘वीर गणेशमान सिंह स्मृति किक बक्सिङ’ माघ पहिलो साता


0
Shares

काठमाडौं, पुस १७ । तेस्रो संस्करणको ‘वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता आउँदो माघको पहिलो साता हुने भएको छ ।

बिहीबार आयोजक ललितपुर किक बक्सिङ संघले पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २ देखि ४ गतेसम्म चापागाउँको प्याङगाउँचौरमा हुने जनाएको हो ।

प्रतियोगितामा कराँते, उसु, बक्सिङ, तेक्वान्दो, आइटीएफ, फुल कन्ट्याक कराँते, मुवाथाई गरी सात तथा तीन विभागीय गरी १० टोलीले सहभागिता जनाउनेछन् ।

पुरुषतर्फ ६ र महिलातर्फ ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

विजेताले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ८/८ हजार रुपैयाँ पाउनेछन् ।

सर्वोकृष्ट पुरुष र महिला खेलाडीले २५/२५ हजार पाउनेछन् ।

टिम च्याम्पियनले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।