Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


चलखेल गर्न खोजे ओलीलाई राजनीतिबाटै बाहिर गर्दिन्छु– अध्यक्ष दाहाल

‘मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहिँ भिलेन आएर तोड्न खोन्छन्’

910
Shares

हरि शर्मा
परासी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनुभएको छ ।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएको स्मरण गराउँदै अध्यक्ष दाहालले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनुभयो ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।

‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो, २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदै छ,’ उहाँले हिन्दीमै भन्नुभयो, ‘अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु ।’

‘मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहिँ भिलेन आएर तोड्न खोन्छन्,’ मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘तर, म निरन्तर तपाईंहरूकै अधिकारका लागि लडिरहेकोछु ।’

नागरिकता र सुकुम्बासी समस्यमा मधेशमा रहेको आफूलाई ज्ञात भएको बताउँदै उहाँले समाधान गर्ने आश्वासन दिनुभयो ।

छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको छ ।