११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मनाङ मस्याङ्दी शिर्ष स्थानमा


0
Shares

काठमाडौं, पुस १७ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु आज सकिंदैछन् । चौथो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ टिम र सरस्वती युथ क्लब भिड्नेछन् ।

यो खेल दिउँसो ३ बजे एन्फा मैदान, सातदोवाटोमा हुनेछ । जारी लिगमा सशस्त्रको एक अंक छ भने अंकविहीन सरस्वती युथ क्लब तालिकाको पुछारमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा उपाधि दावेदार थ्रीस्टार क्लबले पहिलो हार बेहोरेको छ । सुरवाती तीन खेलमा अपराजित रहेको थ्रीस्टारलाई चौथो खेलमा त्रिभुवन आर्मी क्लबले २-० ले हराएको हो ।

हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई २-१ ले पराजित गर्‍यो । हिजोका खेलहरुपछि ए डिभिजन लिगको अंक तालिकामा ४ खेलबाट १० अंक जोडेको मनाङ मस्याङ्दी क्लब शिर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानको मच्छिन्द्र क्लबको ९ अंक छ भने समान ९ अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ । ८ अंकसहित जावलाखेल युन क्लब चौथो स्थानमा रहँदा पाँचौ स्थानको नेपाल पुलिस क्लब तथा छैटौ स्थानको थ्रिस्टार क्लबको ७–७ अंक छ ।