
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हराएको छ ।
गएराती आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन निकोलस पेपे र सोक्रातिसले एक एक गोल गरे । जितसँगै पछिल्लो समय खराब लयबाट गुज्रिरहेको आर्सनललाई केही राहत मिलेको छ ।
२१ खेलबाट २७ अंक जोडेको आर्सनल तालिकाको १० औं स्थानमा उक्लिएको छ । गएराती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई २–१ ले हरायो । खेलमा सिटीका लागि दुबै गोल ग्याब्रिएल जिससले गरे ।
एभर्टनका रिचार्लीसनले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले न्युकासल युनाईटेडलाई ३–० ले हराउँदा चेल्सीलाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।
गएराती एस्टन भिल्लाले बर्ननेलाई २–१ ले, साउथह्याप्टनले टोटनह्याम हट्सपरलाई १–० ले, वाट्फोर्डले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले तथा वेष्ट ह्याम युनाईटेडले बर्नमाउथलाई ४–० ले हराएका छन् ।
प्रिमियर लिग फुटबलमा आज राती शिर्ष स्थानको लिभरपुलले शेफिल्ड युनाईटेडसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्