Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


उद्योग वाणिज्य महासंघले भन्यो, यी हुन् पुँजीबजारमा गिरावट आउनुका कारण


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको छ ।

महासंघले पुँजीबजारको वर्तमान अवस्थाबारे ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै अन्य निकायको हस्तक्षेप र नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको हो ।

महासंघले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको लगानी सीमालाई संकुचन गरिनु, सूचीकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनुको असार बजारमा परेको निष्कर्ष निकालेको छ ।

यस्तै, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने जस्ता नीतिगत परिवर्तनले सेयर बजारमा असर परेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जारी भएका नीतिगत व्यवस्थाहरूको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरूले माग गरेका छन् । पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरूलाई विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ ।

Skip This