Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता


0
Shares

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् ।

कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका छन् ।

त्यस क्रममा नेताहरुले इतिहासमै कांग्रेसको वडा अधिवेशन प्रहरी घेरामा भएको टिप्पणी गरे । बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनीहरुले देउवालाई बिधान बिधिपद्धतीमा चल्न आग्रह गरे ।

कार्यकर्तालाई पाखा लगाएर गरिएको वडा अधिबेशन केन्द्रीय कार्य समितिलाई अमान्य हुने चेतावनी उनीहरुको थियो ।