५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


कीर्ते कागजात बनाइ ठगी गरेको आरोपमा दुईजना पक्राउ


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन १७ । सरकारी छाप र दस्तखत प्रयोग गरी कीर्ते कागजात बनाइ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका दुवैजनालाई बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ घर भइ धनगढी उपमहानगरापालिका–३, मिलनचोकमा विकास सेक्युरेटी सर्विस प्रालि सन्चालन गरी बसेका पूर्वप्रहरी हवल्दार धनबहादुर गुरुङ र कैलारी गाउँपालिका–६ का टिकाराम चौधरी छन् ।

उनीहरुले सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी चारित्रिक प्रमाणपत्र, बिमा पोलिसी, विद्यालयका प्रमाणपत्रलगायतका कागजात तयारी अवस्थामा राखेको फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनले विकास सेक्युरेटीमा प्रहरी प्रधान कार्यालयको छापदेखि विभिन्न जिल्ला प्रहरीका छापहरु, विभिन्न विद्यालयका नाइलन छाप, विभिन्न प्रहरी अधिकृतका कीर्ते छाप लगाइ तयारी अवस्थामा रहेका चारित्रिक प्रमाणपत्रसहित कागजात कीर्ते बनाउन प्रयोग गरिको कम्प्युटर, रंगिन प्रिन्टर बरामद गरेको बताए ।