काठमाडौं, असोज १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ ।
मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीश र अन्य केही न्यायाधीशलाई सर्वोच्चमै भेट गरेको हो ।
मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा. मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो ।
त्यसक्रममा न्यायिक सुधार तथा पारदर्शिताका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्व समितिले पेस गरेको प्रतिवेदन तत्काल लागू गर्न माग गरिएको अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो ।
मञ्चले संवैधानिक आयोगमा भएका नियुक्ति तथा त्यस सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ तत्काल सुचारु गर्न माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्