११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


इंग्लीश प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी


0
Shares

काठमाडौं, पुस १३ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।

म्यान्चेस्टर युनाइटेडले बर्नलेमाथि २–० को जित निकाल्दा लेष्टर सिटीले वेष्ट ह्याम युाइटेडलाई २–१ ले पराजित गर्‍यो ।

गएराति एभर्टनले न्युकासल युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले नरिच सिटीसँग २–२ गोलको बराबरी खेलेको छ ।

वाट्फोर्डले एस्टन भिल्लालाई ३–० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथमाथि २–० को जित निकाल्यो ।

प्रिमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् । शीर्ष स्थानको लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्दा आर्सनल र चेल्सी तथा म्यान्चेस्टर सिटी र शेपिल्ड युनाइटेड आमने सामने हुँदैछन् ।