Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


शीर्ष वरीयताका प्रदीप सेमिफाइनलमा


0
Shares

पोखरा, पुस १२ । शीर्ष वरीयताप्राप्त टेनिस खेलाडी प्रदीप खड्का पोखरामा जारी ‘१७औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार पुरुष एकलतर्फ भएको क्वार्टरफाइनल खेलमा खड्काले निरज गुरुङमाथि ६–१ र ६–४ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा पुगेका हुन् ।

त्यसैगरी, संरक्षण भूषण बज्राचार्यले राजेन्द्र महर्जनलाई ६–१ र ६–० ले, प्रणव खनालले अनिल शाहीलाई ६–१ र ६–१ ले तथा नवीन मगरले गोविन्द नेपालीलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–२ र ६–४ को कठिन जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भए ।

प्रतियोगिताको ३५ वर्षमाथि समूहमा कमल भण्डारीले नवीन श्रेष्ठलाई, नवीन चालिसेले मदन थापालाई, निरज थापाले उत्तम बोगटीलाई, लक्ष्मण लामाले अशोक गुरुङलाई, छेवाङ लामाले सिजे थापालाई तथा राजु श्रेष्ठले राजन पौडेललाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका छन् ।

४५ वर्षमाथिको एकलमा गोपीबहादुर भट्टराईले राजु गुरुङलाई, नारायण पहारीले लोक गुरुङलाई, धर्म लामिछानेले अनुज बाँस्तोलालाई, प्रताप मोक्तानले सुनिल श्रेष्ठलाई, अमृत कार्कीले रामराजा कार्कीलाई, अनु जोनले राजु श्रेष्ठलाई, विमल गुरुङले विकास गुरुङलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका छन् ।

५५ वर्षमाथिको एकलमा कमल थापाले कर्ण तामाङलाई ६–१ र ७–५ ले, ध्रुव गुरुङले राजकुमार घिमिरेलाई ६–० र ६–३ ले, पदीप शाहले डियोनम लामालाई ६–३ र ६–० ले तथा अनिल तुलाचनले पदम गुरुङलाई ६–१ र ६–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् ।