२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘ए’ डिभिजन लिग : आर्मी र शेर्पाको खेल मध्यान्ह १२ बजेबाट


0
Shares

काठमाडौं, पुस ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् ।

आज त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पाको सामना गर्दा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब भिड्नेछन् ।

आर्मी र शेर्पाको खेल सातदोवाटोस्थित एन्फा मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

यसैगरी पुलिस र सरस्वतीको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।

उता साविक विजेता मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा फर्कीएको छ ।

जारी लिगमा लगातार तेस्रो जित निकाल्ने क्रममा मनाङले हिजो ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १-० ले पराजित गर्‍यो ।

हिजै भएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिगमा मनाङले ३ खेलबाट ९ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ भने तेस्रो स्थानको जावलाखेलको ५ अंक छ ।