Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


मोटरसाइकल चोरी गर्दा-गर्दै पक्राउ


0
Shares

काठमाडौं, पुस ९ । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दा-गर्दै एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११, सिप्रदी कार्यालयनजिकै सडकखन्डमा मोटरसाइकल चोरी गर्दा-गर्दै मकवानपुर, थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा१०प ३१६८ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी गर्दा-गर्दै पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस