
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज(बुधबार) बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्नेछन् ।
यो खेलले प्ले–अफ्मा पुग्ने अन्तिम टोलीको टुंगो लगाउनेछ । लगातार पाँच खेलमा जित निकालेको चितवन राईनोज प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।
बुटवल दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहने टिमको टुंगो आजको खेलले लगाउनेछ । यी दुई टोलीले फाइनल प्रवेशका लागि खेल्नेछन ।
आजको खेलले बिराटनगरको मात्र नभएर काठमाडौंको पनि भविष्य देखाउनेछ । यदि आजको खेलमा बुटवल विजयी भएमा काठमाडौं तेस्रो स्थाना रहँदै प्ले अफ्मा पुग्नेछ ।
आज बिराटनगर विजयी भएमा रनरेटका आधारमा तेस्रो हुने टिमको टुंगो लाग्नेछ ।
लिगमा ५ खेलबाट चितवनको १० अंक छ भने ४ खेलबाट बुटवलको ६ अंक छ । आजको खेलपछि काठमाडौं, धनगढी र बुटवलमध्ये एक टोली प्ले अफ्मा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्