Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नेपाल उद्योग परिसंघ र जेटियुसिसिबीच अन्तरक्रिया


0
Shares

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र उद्योग परिसंघबीच सामाजिक सुरक्षा कार्यान्वयन र कोभिड १९ ले श्रम क्षेत्रमा पारेको प्रभावबारे अन्तरक्रिया गरेका छन् ।

सो कार्यक्रममा जेटियुसिसिका अध्यक्ष जगत सिंखडाले सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगरदाताहरुलाई इमानदार बन्न आग्रह गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा बेरोजगार संख्या धेरै भए पनि सिपयुक्त जनशक्तिको कमिले विदेशी श्रमिकहरु नेपाली श्रम बजारमा संलग्न रहेको बताउनुहुँदै मेक इन नेपाल परियोजनामार्फत सीप र रोजगारी सृजना गर्न लागेको बताउनुभयो । जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम क्षेत्रमा आएको समस्या छलफलको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले नेपाली श्रमिकहरु मर्यादित कामबाट बन्चित भएकै कारण कार्यस्थलमा केही समस्या उत्पन्न भएको उल्लेख गर्नुहुदै सामाजिक संवाद नै कार्यस्थलका समस्या समाधान गर्ने उत्तम थलो रहेको बताउनुभयो । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले रोजगारदाता र युनियनबीच श्रम बजारको समस्या समाधान गर्न दुई पक्षीय सामाजिक संवाद गर्ने थलोको निर्माण गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।

छलफलमा दुवै पक्ष श्रमिकका समस्या एवं मुद्दाहरुमा आगामी दिनहरूमा सहकार्य गर्दै जान सहमत भएका छन् ।