Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


यार्सागुम्बासहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, पुस ७ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला, दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत, उत्तराखन्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले युके ०४ टीबी १९६७ नम्बर कारमा भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली जाँच गर्नेक्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेलापरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई सवारी–साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । रासस