Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एमाले स्थायी कमिटी बैठक स्थगित, आजै साढे ३ बजे बस्ने


0
Shares

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधि छनोटमा थप छलफल गर्नुपर्ने भएपछि स्थायी कमिटी बैठक स्थगित भएको छ ।

असोज ४ र ५ मा आयोजना हुने विधान महाधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी गराउने सहमति भए पनि त्यसमा सहभागी हुनेहरूको बारेमा थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतिनिधि रहने वैधानिक व्यवस्था रहे पनि नवौं महाधिवेशनपछि ती सदस्य निर्वाचित नभइ माओवादीसँग पार्टी एकता भएकाले महाधिवेशन प्रतिनिधि निश्चित गर्न छलफल हुनेछ ।

एमाले स्रोतका अनुसार नेकपा विभाजनपछि तत्कालीन ओली पक्षले केन्द्रीय सदस्य थपेका व्यक्तिलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाएर त्यसमा १० बुँदे सहमति अनुसार अरुलाई समेत समेटेर टुंगो लगाउनेबारे पनि नेताहरूबीच छलफल भइरहेको छ ।

स्थगित बैठक साढे ३ बजेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।