
काठमाडौं । ललितपुरस्थित स्टार हस्पिटलले आजबाट स्टार इस्योरेन्स सुविधा कार्यान्वयनमा ल्याएको छ ।
स्टार अस्योरेन्सको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शुभराम्भ गरे ।
उनले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्याउन अस्योरेन्सको भूमिका महत्वपूर्ण हुने बताए ।
महङ्गो हुँदै गएको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनु पर्ने भन्दै अध्यक्ष तिमिल्सिनाले अस्योरेन्स सुविधामार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिने धारणा राखे ।
व्यक्ति स्वस्थ रहे समाज र मुलुक स्वस्थ हुने भन्दै उनले स्वास्थ्य अस्योरेन्सलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अस्पतालका अध्यक्ष किशोर महर्जन, प्रबन्ध निर्देशक डा शैल रुपाखेतीलागयतले स्वास्थ्य अस्योरेन्स सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
स्वास्थ्य अस्योरेन्स शिखर र सिटीजन लाईफ अस्योरेन्ससंगको सहकार्यमा संचालनमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्