Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


आफ्ना कर्मचारीलाई कोरोनाविरुद्धको अभियन सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय कर्मचारी एवं कामदारहरुका लागि कोभिड १९ विरुद्धको ब्यापक अभियान घोषणा गरेका छन् ।

अमेरिकामा कोराना संक्रमणको दर बढिरहेको बेला दबाबमा परेका राष्ट्रपपित बाइडेनले देशका ठूला कम्पनीमा कार्यरत कामदारहरुका लागि कठोर मापदण्ड लागू गर्ने घोषण गरेका हुन्।

व्यापक रुपमा कोभिड विरुद्धको खोप लगाउने अथवा हरेक सप्ताहन्तमा परीक्षण गर्नुपर्ने मापदण्ड लागू गर्ने घोषणा गरिएको हो । चालु ग्रीष्मकालमा कोभिडमुक्त अमेरिका घोषणा गरेका राष्ट्रपति बाइडेनका लागि डेल्टा भेरियन्ट चुनौतीको रुपमा खडा भएको छ ।

बिहिबार राती ह्वाइटहाउसबाट सम्बोधन गर्दै उहाँले अमेरिकी श्रम मन्त्रालयका अधिकारीहरुलाई सवै निजी कम्पनीहरुमा कार्यरत कामदारलाई खोप लगाउन वा उनीहरुले हरेक साता कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्न निर्देशन दिएका हुन् ।