३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


धनकुटामा बृहत स्वास्थ्य शिविर


0
Shares

धनकुटा, पुस ३ । हिलेमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

शिविरमा हाड जोर्नी, मुटु रोग, आँखा, महिला तथा बालबालिकाकासम्बन्धी रोगहरुको उपचार हुने आयोजकले जनाएको छ ।

विरामीलाई निशुल्क भिडियो एक्सरे र औषधीको समेत व्यवस्था गरिएको छ ।

रोटरी क्लब अफ इटहरीको आयोजनामा धनकुटा नगरपालिका, स्थानीय ब्याडमिन्टन क्लबको सहयोग तथा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

क्लबले हिले माध्यमिक विद्यालयका करिब एक सय विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरेको छ ।